१८ माघ, धादिङ

बीमा क्षेत्रलाई विकसित, व्यवस्थित र नियमन गर्ने सरकारी निकाय, बिमा समितिले आर्थिक वर्ष  २०७६/ ०७७  मा कम्पनीले गरेका व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने विभिन्न ११ बिमा कम्पनीलाई कारबाही गरेको छ । कारबाहीमा परेको बिमा कम्पनीलाइ रु १० हजारका दरले जरिवाना गरेको हो ।

बिमा ऐन, २०४९ को दफा २५ अनुसार बिमा कम्पनीले आफूले गरेको बिमा व्यवसायको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई उक्त प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र अनिवार्य बिमा समितिलाई बुझाउनुपर्ने व्यवस्था छ । तर ती बिमा कम्पनीहरुले प्रतिवेदन नबुझाएको र उक्त व्यवस्थाको उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा १ बमोजिम कारबाही गरिएको बिमा समितिले जनाएको छ ।

बिमा समितिको कारबाहीमा पर्ने बिमा कम्पनीहरुमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्सुरेन्स कम्पनी रहेका छन् ।

Facebook Comments