पृथ्वी राजमार्ग अन्तरर्गत धादिङको थाक्रे ७ जुँगेखोलामा सवारी दुर्घटनामा परि पाँचजनाको मृत्यु भएको छ।
आईतबार दिउँसो काठमाण्डौंबाट धादिङबेशी आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाण्डौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिदा कारमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत,भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ५०/५५ का विमल चन्द्र अग्रवाल, सहि ठाउँ घर भएका अन्दाजी वर्ष ३५/३६ का साधना अग्रवाल, वर्ष ४०/४२ का सन्ध्या अग्रवाल र वर्ष ५०/५५ का राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । मृतक भारतिय नागरिकहरु नेपाल घुम्न आएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बसमा सवार १ जना भने घाईते भएका छन । घाइते भएका धादिङको निलकण्ठ ११ का २४ वर्षिय राम परियारको काठमाण्डौंमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।