
पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ ढाँडेमा आज शनिबार विहान साढे ११ बजे ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ ।
काठमाण्डौंबाट गजुरी तर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिंदा अटो चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे घर भई बेलकोटगढी नगरपालिका बस्ने अन्दाजी ३०/३५ वर्षको कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।