कालुपाण्डेमार्ग अन्तरगत धादिङको सिद्धलेक गाउँपालिका १ स्थित च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते भएको छ ।
धादिङबेशीबाट मलेखु तर्फ जाँदै गरेको बा १५ च ३८२७ नम्बरको स्कार्पियो आफै अनियन्त्रीत भई सडक बाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाईतेहुनेहरुमा सवारी चालक नीलकण्ठ नगरपालिका ३ का ३६ वर्षीय कुमार गुरुङ र गाडीमा सवार रौतहट घर भई हाल नीलकण्ठ नगरपालिका ३ बस्दै आएका ३१ वर्षीय सौसन शाह रहेका छन् । घाईते दुबैजनाको धादिङ अस्पतालमा समान्य उपचार पछि थप उचारको लागि काठमाण्डौं लगिएको छ ।