
धादिङमा विहिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
५५ जनमा गरिएको एण्टिजेन परिक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा धुनिबेसी नगरपालिकामा १, ज्वालामुखी गाउँपालिकामा ६, त्रिपुरासुन्दरी गाउँपालिकामा ६ र गंगाजमुना गाउँपालिकामा २ जना रहेका छन् ।
यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमतिको संख्या १ सय १ पुगेको छ । यस्तै २६ जना कोरोना संक्रमित निको भएका छन् ।