धादिङमा मंगलबार थप ११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार २२ एण्टिजेन परिक्षणमा धुनिबेसी नगरपालिकामा २, ज्वालामुखी गाउँपालिकामा ८ र गंगाजमुना गाउँपालिकामा १ जना गरेर जिल्लामा मंगलबार ११ पोजिटिभ केश देखिएको हो ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ४२ पुगेको छ भने संक्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् ।

Facebook Comments