६ चैत्र, २०७९
धादिङ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत प्राप्त गरेको छ । आजको प्रतिनिधि सभा बैठकमा दाहालले विश्वासको मत लिएको हो । २७५ जना सांसद रहेका प्रतिनिधि सभामा आज भने २६२ जनाको उपस्थिति रहेको थियो । सभाम उपस्थित सांसद मध्ये प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा १७२ मत विपक्षमा ८९ मत प्राप्त भएको थियो । संसद बैठकमा १० जनाको अनुपस्थित रहेको थियो भने १ जना भने तटस्थ रहेको थिया ।

दाहाललाइ नेकपा एमाले र राप्रपाले मत विश्वासको मत दिएन, भने नेमकिपा तटस्थ बस्यो । प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिएका हुन् ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिएको हो । यसअघि गत पुस २६ गते विश्वासको मत लिँदा दाहालले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाएको थियो । यस पटक भने एमाले नेतृत्वको सात दलीय गठबन्धन छाडेर चुनाव अघिकै गठबन्धनको पक्षमा उभिएपछि प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

 

Facebook Comments