तस्विर : गजेन्द्र गुरुङ
उत्तरी धादिङको रुविभ्याली गाउँपालिकाको वडा नम्बर ६ लप्चेतमा शिक्षकहरुको लागि सञ्चालन भएको क्षमता विकास तालिम सोमबार सकिएको छ ।
लापा कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजना र रुबिभ्याली गाउपालिका वडा न.६ को आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिममा रुबिभ्याली गाउपालिका वडा न. ५ र ६ को सबै (१०) वटा सामुदायिक बिद्यालयका कक्षा १ देखि ५ (साबिक प्राबी तहका गाउपालिका अनुदान, राहत, अस्थायी र स्थायी शिक्षक शिक्षिकाहरुले सहभागीता रहेको थियो ।

शिक्षण सिकाईमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन भएको तालिमको सोमबार एक कार्यक्रमका विच रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।