२ सातादेखि गल्छी गॉउ पालिकामा लागेको ताला आजदेखि खुलेको छ । प्रमुख प्रशासकिय अधिकृतको विषयलाई लिएर उपाध्यक्ष भाईकाजी तिवारीको नेतृत्वमा लगाईएको ताला १० बुँदे सहमतीपछि आज खुलेको हो ।
असन्तुष्ट पक्ष र गाउँपालिका अध्यक्ष विच कार्यपालिकाको बैठक नियमित बस्ने,कार्यपालिकाको बैठकको प्रतावहरु बैठक बस्नु ३ दिन अगाडीनै कार्यपालिकाको सदस्यहरुलाई जानकारी दिने, कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गर्ने, राजस्व संकलन चुहावट तथा बालुवा खानीहरुलाई अनुगमन गरि ७ दिन भित्र कार्यान्वयन गर्ने विषयमा सहमती भएको छ । यस्तै पौष महिनाको पहिलो हप्ता भित्र भेला बोलाई रायसंकलन गरी सामुदायिक शिक्षा सुधार गर्न दरबन्दी मिलान गरिने, ।
गाँउपालिकाको कर्मचारीहरुको योग्यता अनुसार जिम्मेवारी दिईने, भाडॉमा बस्दै आएको गल्छी गॉउपालिकाको सर्न बाकी शाखाकार्यालयहरु गल्छी ६ महेश दोभानमा सारिने, स्वास्थ्य शाखाको बेथिति अन्त्य गरिने, नगर विकास समितिको बैठक एक हप्ता भित्र बोलाईने, गोगन पानी माबि समस्या आजैबाट शिक्षा शाखाबाट समाधान गरिने विषयमा सहमती भएको हो ।
मंसिर ६ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने हुँदाहुदै अर्को प्रमुख प्रशासकीय अधिकृत नरवहादुर विक हाँजिरहुन के कारणले आएको भन्दै गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीको नेतृत्वमा ताला बन्दी गरिएको थियोे ।