
धादिङ जिल्लाकै प्रशिद्ध धार्मिक स्थल जलमुखी मन्दिर संरक्षण समितिको पूर्नगठन गरिएको छ । आज विहिबार बसेको समितिको बैठकले अर्जुन प्रसाद आचार्यको अध्यक्षतामा १३ सदस्सीय मन्दिर संरक्षण समितिको पुर्नगठन गरिएको हो ।
पुर्नगठित समितिको उपाध्यक्षमा नन्दबहादुर गुरुङ, सचिवमा मिलन श्रेष्ठ, कोषध्यक्षमा रविता माया शाक्य चयन हुनुभएको छ ।
नवगठित समितिले यहि चैत्र ११ गते फागुपूर्णिमाको दिन एक दिने महोत्सवको समेत आयोजना गरेको उपाध्यक्ष नन्द बहादुर गुरुङले जानकारी दिनुभयो ।