
नीलकण्ठ नगरपालिकाले यो वर्षदेखि सुरु गरेको ‘नीलकण्ठ नगर विकास पत्रकारिता पुरस्कार’ पत्रकार नारायण सिलवाललाई प्रदान गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभाको अवसरमा धादिङपोष्ट डटकमका प्रधानसम्पादक नारायण सिलवाल उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकार सिलवालले सम्मान पत्रको साथमा नगद २० हजार ८१ रुपैयाँ नगद प्राप्त गर्नुभएको छ ।
नगरपालिकाले हरेक वडाबाट कम्तिमा २ जनालाई पत्रकारित तालिम दिई स्थानिय पत्रकारिताको गुणस्तर वृद्धि गर्न पत्रकार महासंघ सँग सहकार्य गरिने जनाएको छ । साथै नेपाल पत्रकार महासंघ संगको सहकार्यमा हरेक वर्ष एक जनालाई नीलकण्ठ नगर विकास पत्रकारिता पुरस्कार वितरण गर्ने जनाएको छ ।