नीलकण्ठ नगरपालिकाले भोलीे रोजगार मेला गर्दैछ । मेलाको सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाले जनाएको छ । रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाता बिच समन्वय गराउने उद्देश्यले रोजगार मेलाको आयोजना गर्न लागिएकोे नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताउनुभयो ।

मेलाको श्रम रोजगार तथा सामाजिक विकास मन्त्री डि.पि अर्यालले उद्घाटन गर्नुहुने भएको छ । श्रमिक र रोजगारदाता बीच खाडललाई अन्त्य गर्न मेलाले सहयोग गर्ने उपमेयर विश्वकर्माको भनाई छ । हातमा सिप हुनेलाई रोजगारीको अवसर प्रदान गर्न, सफल व्यवसायी र विषयविज्ञसँग अन्तरसंवाद गर्न, रोजगारी खोज्ने र दिनेहरुका बीच नवप्रवर्तन र स्वव्यवसाय विकासलाई प्रवद्र्धन गर्न कोशेढुंगा हुने विश्वास लिइएको उपप्रमुख विश्यकर्माले बताउनुभयो ।

नीलकण्ठ बाल मन्दिर माविमा हुने मेलामा सरकारी, निजी, गैरसकारी क्षेत्रका रोजगारी, सिप, तालिम, व्यवसाय तथा समग्र श्रम सम्बन्धी १४ ओटा स्टल रहने बताईएको छ ।  मेलामा धादिङ उद्योग बाणिज्यसंघ, चेम्वर अफ कमर्श, होटल संघ, उद्योग तथा बाणिज्य कार्यालय, कृषि विकास तथा पशुसेवा कार्यालय, उद्यमशीलतामा काम गर्ने विभिन्न संस्थाहरु, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र लगाउतले स्टल राखेर रोजगारी सम्वन्धि परामर्श दिने बताइएको छ ।

मेलामा नागरिकका लागि आवश्यक सीप सिक्ने वातावरण बनाउन इच्छानुसारको तालिम माग गर्ने र त्यसलाई रोष्टर तयार गरी विभिन्न निकायले सञ्चालन गर्ने तालिममा सहभागि गराउने व्यवस्था मिलाईने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।

Facebook Comments