धादिङ टाईटन्सले यहि असार २९ गते कबड्डी प्रतियोगीताको आयोजना गर्दैछ । आफ्नो पहिलो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको प्रतियोगीता ३१ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगीता नजिकिएसँगै तयारीलाई तिव्र पारेको छ । सदरमुकाम धादिङबेशीमा हुने उक्त प्रतियोगीताको लागि अहिले व्यक्ती तथा संस्थाले सहयोग गरिरहेको छ । प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

साथै उत्कृष्ट खेलाडी‚ उत्कृष्ट रेडर‚ उत्कृष्ट डिफेन्डर‚ उत्कृष्ट अलराउन्डर र उदयमान खेलाडीहरूलाई पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । टिम दर्ता गर्न ३ हजार शुल्क लाग्ने छ ।

Facebook Comments