धादिङको सदरमुकाम धादिङबेसीमा मंगलबार नीलकण्ठ नगरपालिका स्तरीय बालभेला तथा नगर स्तरीय बालक्लब सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको छ ।

बाल भेलाले तानिया परियारको अध्यक्षतामा २१ सदस्यीय निलकण्ठ नगरपालिका स्तरीय बालक्लव संञ्जाल गठन गरिएको छ । नीलकण्ठ नगरपालिकाको १४ ओटा वडाबाट छानिएर आएका बालक्लबका प्रतिनिधिहरु उपस्थितिमा बालक्लव सञ्जालको गठन गरिएको हो । बाल बचाउ, बाल संरक्षण, बाल विकास र सहभागिता भन्ने नारा सहित सम्पन्न भएको बाल भेलाको सहजीकरण प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले गर्नुभएको थियोे ।

सारा तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै नगर उपप्रमुख दिपक बिश्वकर्मा , प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी , वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, नगरपालिकाका महिला बालबालिका शाखाका निर्मला केसी लगायतको बिशेष उपस्थिति रहेको थियोे ।

Facebook Comments