धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानी स्थित क्ष्योलिङ गुम्बामा २ दिने वडा स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्यूष्ट पार्टी नेकपा (एमाले) नीलकण्ठ नगरपालिका ९ नम्बर वडा कमिटिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । ९ नम्बर वडा कमिटिका अध्यक्ष नन्दबहादुर गुरुङको अध्यक्षतामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवंम धादिङका इन्चार्ज डा.खेम प्रसाद लोहनी, नेकपा एमाले प्रदेश कमिटि सदस्य सम्भु थापा, नीलकण्ठ नगर कमिटि अध्यक्ष काजी श्रेष्ठ, नेकपा एमाले धादिङका जिल्ला कमिटि सदस्य दिनेशबाबु अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा दशौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा, संगठन निर्माण, परिचालन, व्यवस्थापन, सूचना प्रविधि, जनताको बहुदलिय जनवादको विशेषता, कमिटि परिचालन, व्यवस्थापन, प्रतिवेदन, माईन्यूट लेखन, समृद्धिको योजना, वर्तमान अवस्थामा राजनितिक दलको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिईएको थियो ।

पार्टीको सदस्यहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा वडाका ९० जना भन्दा बढि पार्टी सदस्यहरुको सहभागीता रहेको वडा कमिटि अध्यक्ष नन्द बहादुर गुरुङले जानकारी दिनुभयो ।

Facebook Comments