असोज १९, धादिङ
नागढुङ्गा–खानीखोला सडक खण्ड गत हप्तादेखि मर्मत भइरहेको छ । सडक मर्मत र ठूला मालवाहक सवारी साधन बिग्रिएर घण्टौँ हुने जामका कारण समस्या आएको छ । चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङबाट काठमाडौँ प्रवेश गर्ने नाका अन्र्तगत धुनिबेशि नगरपालिकाको सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । प्रहरी नायब निरीक्षकको नेतृत्वमा जनपथ र नेपाल प्रहरी गरि कुल २३ जना जनशक्ति परिचालन गरिएको छ । चाडबाडको समयमा घण्टौँ हुने जामका कारण आफ्नो गन्तव्य स्थलसम्म पुग्न कठिनाइ भएको भन्दै जाम न्यूनीकरण गर्न, शान्ति सुरक्षाको प्रबन्ध गर्न साधन स्रोतसहित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

Facebook Comments