बैंक, वित्तीय संस्था तथा बीमा कर्मचारी क्लव धादिङको अध्यक्षमा पुनः ध्रुव प्रसाद रेग्मी चयन हुनुभएको छ । क्लवको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो ।

क्लवको उपाध्यक्षमा सिताराम अर्याल, महासचिवमा भरत खतिवडा, सचिवमा विकास न्यौपाने तथा कोषाध्यक्षमा दिपक निरौला चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा विश्वनाथ खतिवडा, सुदिप पौडेल, रामेश्वर घिमिरे, सुदन सिलवाल, उत्तम सिलवाल र रुविना लामिछाने रहनुभएको छ ।

अधिवेशनमा क्लवको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा भावी कार्य योजना माथि छलफल गरिएको थियो । बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रमा कार्यरत कर्मचारीको हकहित, पेशागत सुरक्षा, सेवा सुविधा र अधिकार संरक्षणलाई थप मजबुत बनाउने क्लवका नवनिर्वाचित अध्यक्ष रेग्मीले बताउनुभएको छ ।

 

Facebook Comments