कात्तिक ३ ।
भारतको पञ्जाबस्थित अमृतसरमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ ।

जलन्धरबाट अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलाई ठक्कर दिँदा कम्तिमा ६० जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै रावण दहनको कार्यक्रम हेर्न गएको मानिसको भीड रावणको दहनको बेला पटखाबाट जोगिन रेल्वे लिकमा पुगेका थिए भने केही मानिसहरु पहिलेदेखि नै रेल्वे लिकमा थिए ।

त्यही वेला आएको रेलले मानिसहरूको भीडलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तिमा ६० जनाको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।

Facebook Comments