कार्तिक ७ ।

जुम्लाको गमगढी राजमार्गमा जीप खस्दा ३ जनाको मृत्यु भएको छ ।

भे १ ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका बड्की पागरपाली भन्ने स्थानमा राजमार्गबाट जीप खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा एकै परिवारका ३ जना रहेका छन् । तिला गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय लाल सार्की, उहाँकी श्रीमती जानकी सार्की र ८ महिनाकी छोरी महिमा सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४ जना घाइतेसमेत भएको खबर आएको छ । यसैगरी घाईतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

Facebook Comments