

माघ १३ ,काठमाडौँ ।
केहि दिनदेखि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्र्तर्रािष्ट्रय विमानस्थलमा आज बिहानैदेखि हवाई उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो । बिहानैदेखि अन्तर्रािष्ट्रय तथा राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेर अघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलमा केही समयअघि १६ सय मिटर भिजिबिलिटी थियो । यो भिजिबिलिटीमा ‘मल्टि जेट’ इन्जिन जहाज उडान गर्न सकिन्छ तर अवतरण गर्न कठिन हुन्छ । आन्तरिकतर्फका सबै उडान अवतरण बन्द छन् । केही हेलिकोप्टरले उडान शुरु गरेका छन् । विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन्द रहेको विमानस्थलको उडान अवतरण १६ सय भिजिबिलिटी भएपछि अन्तर्रा्ष्ट्रिय उडानका ८ देखि १० वटा जेड विमानले उडान भरेको बताउनुभयो ।
अन्तर्रा्ष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृति हेरिकन सानो जहाजलाई १६ सय देखि ३२ सय मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ । आन्तरिक उडानतर्फ साना जहाजका लागि १६ सय भिजिबिलिटी चाहिन्छ ।
अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्रािष्ट्रय उडानमा तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।
