माघ २१,धादिङ ।
वर्तमान कम्युनिष्ट सरकारले अलोकतान्त्रिक, अधिनायकवादी र जनविरोधि कामहरु गरेको भन्दै नेपाली कांग्रेस धादिङले आज विरोध प्रदर्शन गरेको छ । विशेष गरि हालैमात्र दुवै सदनबाट पास गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेक २०७५, डा.गोविन्द केसिसँग गरिएको सम्झौता विपरित विधेकलाई तोडमोड गरि जबरजस्त संसदबाट पास गरिएको विधेक सच्याउनपर्ने, केहि दिन अघि प्रमुख प्रतिपक्षि दलको नेतालाई औपचारीक जानकारी नदि संवैधानिक परिषदको बैठक बसि गरेका निर्णय र सिफारिस गैह्र कानुनी भएकोले त्यसमाथी असहमति, भेनेजुयलाको विषयमा सरकारको तर्फबाट आएको वक्तव्य, भ्रष्टाचार, मंहगी, निर्मला पन्तको हत्या लगायतका विषयमा असहमति जनाउँदै नेपाली कांग्रेस धादिङले आज विरोध प्रदर्शन गरेको हो । नेपाली कांग्रेस धादिङले वर्तमान सरकारले आफ्ना गल्ति र कमिकमजोरीहरु नसच्याए आगामि दिनमा अझ शसक्त किसिका विरोधका कार्यक्रमहरु गर्ने बताएको छ । विरोध कार्यक्रममा जिल्लाका नेपाली कांग्रेस निकट युवा,विद्यार्थी, महिला, विभिन्न पेशागत संगठन, शुभेच्छुक संस्था लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेपाली कांग्रेसले आज सरकारको विरुद्धमा देशका अधिकांश जिल्लाहरुमा विरोध प्रर्दशन गरेको छ ।

यता सत्ता पक्षका वरिष्ठ नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एक कार्यक्रममा बोल्नुहुँदै मुलुक विकास र समृद्धिको पथमा अघि बढेको बताउनुभयो । वर्तमान कम्युनिष्ट सरकारले संविद्यानको स्पिरिट अनुसार देश र जनताको हितमा कामगरेको बताउँदै अब देश निर्माणको निम्ति सबैमिलेर रचनात्म काम गर्नुपर्ने बताउनुभयो । साथै वरिष्ठ नेता खनालले राजनितिक मुद्दा समाप्त भएकोले अब पनि नेपाली कांग्रेसले आन्दोलन गरिरहे कांग्रेस अझ कमजोर हुँदै जाने पनि बताउनुभयो ।

Facebook Comments