
चैत्र २०, धादिङ ।
“दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने नाराका साथ धादिङ जिल्ला सहकारी संघको आयोजनामा ६२ औं राष्ट्रिय सहकारी दिवस धादिङमा मनाइएको छ । सहकारी दिवसको अवसरमा आज धादिङबेसि सदरमुकाम बजार क्षेत्रमा बारा र पर्सा जिल्लामा चैत्र १७ गतेको हावाहुरीबाटा पिडितहरुका लागि राहात संकलनका साथै प्रभातफेरी र सभा कार्यक्रम गरि सहकारी दिवस मनाइएको छ । साथै हिजो चैत्र १९ गते जिल्ला अस्पताल धादिङमा उपचार गराइरहेका बिरामीहरुलाइ फलफुल वितरण गरिएको थियो ।

धादिङ जिल्ला सहकारी संघका उपाध्यक्ष गंगादत्त तिमिल्सिनाको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको प्रमुख अतिथ्यता रहेको थियो भने नेफ्स्कूनका केन्द्रिय उपाध्यक्ष पार्वती राई खाँडको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विषयगत सहकारी ंसंघ र प्रारम्भिक सहकारी संस्थाका प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो । “दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ यस वर्षको सहकारी दिवस मनाइएको हो । यसै गरि जिल्लाको सबै स्थानिय तहहरुमा विभिन्न किसिमका रचनात्मक कृयाकलाप, अन्र्तकृया तथा सामाजिक गतिविधिहरुको साथ सहकारी दिवस मनाएको छ ।
जिल्लाको १३ वटै स्थानिय तहहरुमा रहेका सम्बन्धित सहकारी संघ संस्थाहरुलाइ स्थानिय स्तरमा विभिन्न किसिमका कार्यक्रम सहित यस वर्षको राष्ट्रिय सहकारी दिवस मनाउन धादिङ जिल्ला सहकारी संघले अनुरोध गरेको थियो । हावाहुरीले क्षति पु¥याएका पीडितहरुको लागि सहयोग संकलन वापतको रकम हालसम्म ८९ हजार रुपैंया संकलन भएको र अब एकदुई दिन अझै राहत संकलन गरि यो हप्ता भित्र सम्बन्धी पिडितहरु समक्ष सहयोग पु¥याउन पहल गरिने जिल्ला संघ धादिङका सचिव विष्णु प्रसाद कोईरालाले बताउनुभयो । ६२ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा आज सदरमुकाम धादिङबेसिमा रहेको साहारा महिला बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले जिल्ला अस्पताल धादिङमा उपचार गराईरहेका विरामिहरुका लागि फलफुल वितरण गरेको थियो ।


सहकारीको पीता भनेर चिनिने स्व.बखान सिंह गुरुङले २०१३ साल चैत्र २० गतेका दिन बखान सहकारी संस्थाको स्थापना गरेसँगै सुरुभएको नेपालको सहकारी आन्दोलन आजबाट ६२ औं वर्षमा प्रवेश गरेको छ । हालसम्म नेपालमा करिब ३५ हजारको हाराहारीमा सहकारी संघ संस्थाहरु रहेका छन् । कतिपय ती सहकारी संस्थाहरुले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई सहि रुपमा अवलम्बन नगर्दा तथा नियमक निकायले चासो नदिँदा केही सहकारीमा समस्या देखिएको छ । तिनलाई बेलैमा समाधान गरी अगाडि बढेमा सहकारी जगतको भविष्य सुन्दर रहको जानकारहरु बताउँछन् ।
