
फाईल तस्विर
जेठ ५, धादिङ ।
आज बिहान त्रिशुली नदीमा बस खसेको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहान त्रिशुली नदिमा खस्दा ५ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।
मृतको सनाखत भने भइसकेको छैन । दुर्घटनामा २८ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी गाउँपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनाका घाइतेको गजुरी, गल्छीसहितको राजमार्गका अस्पतालमा उपचार भइरहेको छ ।
राजमार्गको बेल्छीटारमा दुर्घटना भएको बसमा ३३ जना यात्रु सवार थिए । तर, दुर्घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको पाण्डेयले जानकारी दिनुभयो ।