पौष ११,धादिङ ।
१३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगीता सागमा धादिङबाट सहभागी खेलाडीहलाई शुक्रबार धादिङमा सम्मान गरिएको छ । धादिङबाट ११ जना खेलाडीले विभिन्न शिर्षकको खेलमा सहभागी भएका थिए  । सहभागी खेलाडी मध्ये ३ जनाले स्वर्ण, ३ जनाले रजत र ३ जनाले कास्य पदक जित्न सफल भएका थिए ।

ज्वालमुखी गाउँपालिकाकी सन्तोषी श्रेष्ठ, सिद्धलेककी सोनी गुरुङ र त्रिपुरासुन्दरी गाउँपालिकाकी सत्तजीला तिमिल्सीनाले स्वर्ण जित्नुभएको थियो । यस्तै गणेश प्रधान, आशिष दुवाडी र लक्ष्मण मल्लले रजत पदक जित्नुभएको थियो । भने दिपक अधिकारी, हरि रिमाल र पवन श्रेष्ठले कास्य पदक जित्नुभएको थियो । दिपक श्रेष्ठ र शरण सामरीले पदक विहिन हुन पुग्यो । सहभागी खेलाडीहरुलाई शुक्रबार धादिङवेशीं स्थित कभड हलमा एक कार्यक्रमका विच सम्मान गरिएको हो ।

धादिङ उद्योग वाणिज्य संघ, ग्रामिण यातायात प्रा.लि, सुनचाँदी कला व्यवसायी संघ, धादिङ, धादिङ मण्डली यातायत, टुकी नेपाल, वाईज यूनाईटेड क्लव, जिल्ला व्याटमिन्टन संघ, होटल जनजीविका, राष्ट्रिय तेक्वान्दो संघ धादिङको संयुक्त आयोजनामा खेलाडीलाई सम्मान गरिएको हो ।

 

सिद्धलेक गाउँपालिकाले गर्यो नगद सहित सम्मान
यस्तै आजै सिद्धलेक गाउँपालिकाले १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने सिद्धलेक गाउँपालिका वडा नम्बर १ कालिदहकी सोनि गुरुङलाई नगद सहित सम्मान गरेको छ । स्वर्ण पदक विजेता गुरुङलाई १ लाख नगद सहित सम्मान गरिएको हो । गाउँपालिकाको छैटौँ गाउँसभाको अवसरमा गुरुङलाई १ लाख नगद सहित सम्मान गरिएको  गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो । धादिङको सिद्धलेकबाट सागमा सहभागी भएर पदक जिताउन भुमिका खेलेका खेलाडिको हौसला थप्न सम्मान कार्यक्रम आयोजना गरिएको उहााले बताउनुभयो । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

जिल्ला स्तरिय तेक्वान्दो प्रतियागीता सुरु
 ‘राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद’  भन्ने नारा सहित शुक्रबारदेखी प्रथम धादिङ जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगीता सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति धादिङको आयोजनामा प्रतियोगीता सुरु भएकोे हो । प्रतियोगीताको आज एक कार्यक्रमका विच राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले उद्घान गर्नुभयो । तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति धादिङका अध्यक्ष अमृत तामाङको अध्यक्षतामा प्रतियोगीता सुरु भएको हो ।

Facebook Comments