
धादिङको थाक्रे गाउपालिका अन्तरगत रहेको सरस्वती चिल्ड्रेन पार्क इङ्ग्लिस मिडियम स्कुलले आफ्नो बिद्यालयमा पठनपाठ गर्ने बिद्यार्थिहरुलाइ सहज गराउने हेतुको साथ २०७७ सालको लागि नया कार्यक्रम जारी गरेको छ।
कोरोना भाइरसको कारण अभिभावकहरुको दैनिकी गुजारा संचालन गर्न कठिनाइ भैरहेको अवस्थामा आफ्नो बालबालिकाहरुको पठनपाठन समन्धी चिन्ता भैरहदा यश बिद्यालयले कक्षा ५ देखि कक्षा ८ सम्म पढ्ने बिद्यार्थिहरुको लागि मासिक शुल्क नलिने गरि पाठनपाठन संचालन गरिएको प्रधानाध्यापक अर्जुन अधिकारिले बताउनु भयो।
शिक्षा ज्ञानको उज्यालो ज्योती हो, शिक्षा बिनाको जीवन अधुरो हुन्छ सबै बालबालिकालाइ समान शिक्षाको ब्याबस्था गराउनु सस्थागत बिद्यालयको पनि उत्तरदायित्व हुन्छ भन्ने उद्देश्यका साथ यो कठिन परिस्थिलाइ बिद्यालय आफैले सामना गर्ने र अभिभावक बाट शुल्क असुल नगर्ने बिषयमा समेत अधिकारिले प्रष्ट पार्नु भएको छ। बिद्यालयलाइ तिर्नु पर्ने बाकी शुल्क, भर्ना ,परिक्षा र मासिक ट्युसन शुल्क समेत मासिक किस्तास्वरुप बुझाउन सकिने गरि ब्याबस्था मिलाइएको छ।
कक्षा नर्सरी देखि कक्षा ४ सम्मको भने मासिक शुल्क लाग्ने छ ।नेपाल सरकारले तोकिएको मापडण्डलाइ ध्यानमा राखी पठनपाठनको माओल सहज भै १० बजे देखि ४ बजेसम्म अध्ययन निरन्तर भैसके पछि मात्र यी कक्षाहरुमा शुल्क लाग्ने छ।अहिले पनि समाजिक दुरि कायम गराइ आफ्ना भाइबहिनिहरुको अध्ययनलाइ मध्यनजर गरि निशुल्क कक्षा सन्चालन भैरको समेत प्रष्ट पार्नु भएको हो।
धादिङमा आइ सस्थागत बिद्यालय संचालन गर्ने उद्देश्य किन राखियो?
यस सरस्वति चिल्ड्रेन पार्क स्कुल ( ज्ञानकुटी निकेतन , समुदायले आवश्यक महसुस गरेकोले स्थापना गरिएको हो,हालका सञ्चालक हरु २ दशक देखि शिक्षाक्षेत्र मै काम गर्दै आएका छन। धादिङ बाटै विद्यालय तह पूरा गरेका र देशका विभिन्न भागमा विश्वविद्यालय तहसम्मका कार्यक्रम हरु सफलता पुर्वक सञ्चालन गर्न उल्लेखनिय भुमिका निर्बाह गरेको समेत प्रष्ट पार्नु भएको छ ।
त्यस्तै गरि धादिङका विभिन्न गाउपालिकाहरु धुनिवेशी , थाँक्रे र गल्छि आसपास का अभिभावकहरु को गुणस्तरीय शिक्षा प्रतिको अपेक्षा पूरा गर्ने मुख्य उदेश्यलाइ ध्यानमा राखी जिल्लाभित्र नै सबै खाले शिक्षा प्रदान गराउन सकियोस र अभिभावक र विद्यार्थीहरुले निकट शिक्षाको लागि जिल्ला भन्दा बाहिर जान नपउउउर्योस र हरेक कष्टबाट मुक्तहुन समेत साहस मिल्ने समेतका बिषयमा ध्यान राखिएको उल्लेख गर्नु भयो।
गुणस्तरीय शिक्षा हाम्रो जिम्मेवारी भन्ने मुल भनाइलाइ आत्मा साथ गर्दै स्थानिय सन्चालकको साझेदारीमा रिटर्न गिफ्ट हुने गरि सन्चालन गरिएको बताउनु भयो।