धादिङमा शुक्रबार थप १६ जना कोरोना भाईरस सङ्क्रमीत थपिएका छन् । कन्ट्रयाक टे«सिङको आधारमा स्वाब सङ्कलन गरी पिसिआर परिक्षण गरीएको थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका १ जना बालक, त्रिपुरासुन्दरी गाउपालिकाका १० जना र थाक्रेका ५ जना रहेका छन् । निलकण्ठ नगरपालिका वडा नम्बर ६ का १३ बर्षिय बालक, त्रिपुरासुन्दरी गाउपालिकाका वडा नम्बर ४ का २२, ३३, ३९, ३३ बर्षिय पुरुष, ११, १४, २६, २७, ३३ बर्षिय महिला र थाक्रे गाउपालिकाका २३, २६, २७, २६, २८ बर्षिय पुरुष रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ््क्रमीतको सङ्ख्या २ सय २ पुगेको छ । अहिलेसम्म २ हजार २ सय २२ जनाको पिसिआर परिक्षणको लागि पठाईएको छ । अझै १ सय ४७ जनाको रिपोर्ट आउँन बाकी रहेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।