
धादिङमा सोमबार ७ जना कोरोना भाईरस सङ्क्रमीत थपिएका छन् ।
सङ्क्रमण पुष्टि हुनेमा गल्छी गाउपालिका वडा नम्बर ६ का २०, २७, २८, ३२, २८, ३३, ४८ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
योसगँै जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ३ सय २३ पुगेको छ । अहिलेसम्म जिल्लामा कोरोना भाईरस सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ सय ४ रहेको छ ।
त्यस्तै सोमबार कन्ट्याक्ट टे«सिङको र सङ्कास्पद ५८ जनाको स्वाब सङ्कलन गरि पिसिआर परिक्षणको लागि काठमाडौँ पठाईएको छ ।