
धादिङका आईतबार थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
धादिङको नीलकण्ठ नगरपालिकाका ३ जना, सिद्धलेक गाउँपालिकाका २ जना, खनियाबासका १ जना,त्रिपुरासुन्दरीका १ जना र गंगाजमुनाका १ जना गरी ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वासथ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
आईतबार संक्रमण हुनेमा नीलकण्ठ नगरपालिका वडा नं २ की २५ बर्षिया महिला, वडा नं १४ का २४,२९ बर्षिय पुरुष,सिद्धलेक गाउँपालिका वडा नं ३ का ३० बर्षिय पुरुष, वडा नं १ का ४३ बर्षिय पुरुष, खनियाबास गाउँपालिका वडा नं ४ का ६२ बर्षिय पुरुष,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का ३५ बर्षिय पुरुष र गंगाजमुना गाउँपालिका वडा नं ५ का ४० बर्षिया महिला रहेका स्वास्थ्य कार्यालय धादिङका जनस्वासथ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
यो सँगै धादिङ जिल्लामा संक्रमितको सङ्ख्या ४ सय ८० पुगेको छ ।