
धादिङको ज्वालामुखी गाउँपालिकामा जिल्ला बाहिरबाट आएकाहरु १४ दिन क्वारेनिटनमा बस्नुपर्ने भएको छ ।
चाडवाड नजिकिदैँ गर्दा मानिसहरुको आवागमन बढ्ने र जिल्ला बाहिर भएकाहरु घर फर्कदाँ कोरोना भाइरस संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गउँपालिकाले संक्रमण बढीरहेको बेला जहाँ छ त्याही बसेर दशैँ मनाउन पनि अनुरोध गरेको छ । अति आवस्यक काम बाहेक अन्य समयामा बाहिर हिँडडुल नगर्न र होम क्वारेन्टिनमा रहदाँ स्वास्थ्य समस्या आएमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य शाखा संयोजक वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताउनुभयो ।

साथै गाउँपालिकाले चाड पर्व मनाउदाँ पारिवारिक रुपमा आफ्नो घरमा सिमित रही सुरक्षित तवरले मनाउन र खेलकुद जात्रा मेला लगायत कुनै पनि किसमिका धार्मिक, सांस्कृतिक तथा राजनैतिक कार्यक्रमहरु आयोजना नगर्न समेत अनुरोध गरेको पनि लम्सालले बताउनुभयो ।
विशेष गरि भारत र अन्य देशबाट चाडपर्व मनाउन घर आउनेले अनिवार्य रुपमा पिसिआर रिपोर्ट सहित गाउँपालिका प्रवेश गर्न पनि आग्रह गरेकोछ । यदि पिसिआर रिपोर्ट असंभव भए सुरक्षितसाथ घर पुगेर नियमानुसार आइसोलेशनमा बस्न आग्रह गरेकोछ ।