धादिङमा शुक्रबार थप ६ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका ४ जना र ज्वालामुखी गाउपालिकाका २ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २४ बर्षिया महिला, ३५ बर्षिय पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर १० का ४२ बर्षिय पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का ३५ बर्षिया महिला, ज्वालामुखी गाउपालिका वडा नम्बर २ का ३६ बर्षीय महिला र ज्वालामुखी गाउपालिका वडा नम्बर ३ का ३१ बर्षिय पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार १ सय १ पुगेको छ, भने सक्रिय सङ्क्रमीतको सङ्ख्या ४ सय ६० जना रहेका छन् ।

Facebook Comments