
सरकारले पहिल्लो समय नेपालमा रहेका सहकारी, बैक तथा वित्तीय संस्थाहरु एकीकरण गर्ने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार धादिङमा पहिलो पटक सहकारीहरुले पनि एकिकरणको सुरुवात गरेका छन् ।
सोमबार धादिङको ज्वालामुखी गाउपालिका वडा नम्व्र ६ मा रहेका २ वटा सहकारी संस्थालाई एकीकरण गरिएको छ । सोमबार एक कार्यक्रम गरि ज्वालामुखी वडा नम्बर ५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्था र ज्वालामुखी वडा नम्बर ६ सादभञ्ज्याङमा रहेको आयआर्जन बचत तथा ऋण सहकारी संस्था एकिकरण गरीएको श्री संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक मिलन कुमार शाहिले जानकारी दिनुभयो ।
यस्तै संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा पनि सोमबार सम्पन्न भएको छ । १ हजार ४६ सेयर सदस्य रहेको संस्थाको ३ सय बालबचतकार्ता रहेका छन् । संस्थाको कुलपुजीतर्फ ३ करोड ६५ लाख १७ हजार ६ सय ३५ र नाफा २१ लाख रहेको छ ।
संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णदत्त सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेश सासंद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्नुहुदै सांसद अधिकारीले सहकारी एकीकरण भएसँगै नमुना सहकारीको रुपमा विकास गर्न समेत सुझाव दिनुभयो ।