
धादिङमा शनिबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार संक्रमण पुष्टी हुनेमा धादिङको थाक्रे गाउँपालिकाका २ जना, धुनिबेशी नगरपालिका, गजुरी र सिद्धलेक गाउँपालिकाका १/१ जना गरी थप ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिृकत जेशिका थापाले जानकारी दिनुभयो ।
योसँगै धादिङमा कोरोना संक्रमितको सख्या १३ सय २२ पुगेको छ ।