धादिङमा बुधबार थप ६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा त्रीपुरासुन्दरी गाउपालिका र सिद्धलेक गाउपालिकाका २/२ जना, धुनिबेशी नगरपालिका, ज्वालामुखी गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा त्रीपुरासुन्दरी गाउपालिका वडा नम्बर ६ र २ का क्रमश ३०, ३७ बर्षको पुरुष, सिद्धलेक गाउपालिका वडा नम्बर २ का ५९, ३८ बर्षका पुरुष, धुनीबेशी नगरपालिका वडा नम्बर २ का ५२ बर्षका पुरुष र ज्वालामुखी गाउपालिका वडा नम्बर ५ का ३० बर्षका पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ३ सय ७६ पुगेको छ । त्यस्तै खनियाबास गाउपालिकाका २२ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणको लागि आज पठाइएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

Facebook Comments