
धादिङमा मंगलबार थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा सिद्धलेक गाउपालिका वडा नम्बर ७ का २५ वर्षिया महिला र ५३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
योसगैँ जिल्लामा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १५ सय २६ जना पुगेको छ ।