
धादिङको ज्वालामुखी गाउपालिका वडा नम्बर ४ साँधभञ्ज्याङमा विहिबार बृहत खुल्ला रक्तदान कार्यक्रम गरीएको छ ।
नेपाली काँग्रेस ज्वालामुखी गाउपालिकाले ४५ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको रेड्क्रस धादिङका उपमन्त्रि नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेड्क्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा १ सय ८७ पुरुष र ३१ जना पुरुष गरी जम्मा २ सय १८ जनाले रगतदान गरेका छन् ।