
धादिङको सिद्धलेक गाउपालिका वडा नम्बर ६ खरम्टारका महिला समुहलाई शनिबार बाख्रा वितरण गरीएको छ ।
प्रयास नेपाल, सिद्धलेक गाउपालिका र हेफर इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालीत सिद्धलेक साना किसान प्रवलीकरण अन्तरगत खरम्टारमा गठित महिला समुहहरुलाई बाख्रा उपहार स्वरुप वितरण गरेको हो ।

खरम्टारमा गठित जनचेतना स्वाभलम्वी महिला समुह (मुल समुह) ले संघर्षसिल स्वाभलम्वी महिला समुहलाई ७ ओटा र चन्डेस्वरी महिला समुहलाई १० ओटा गरी जम्मा १७ ओटा बाख्रा उपहार स्वरुप वितरण गरेको प्रयास नेपालका सामुदायिक सहजकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो ।