स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गर्भधारण तथा प्रसुती सम्बन्धी स्वास्थ्य अवस्थाहरुको शिघ्र पहिचान र प्रेषण सम्बन्धी २ दिने तालिम आजदेखी सुरु भएको छ ।
अपाङ्ग कल्याण संघ धादिङ र ह्यान्डीक्राफ्ट ईन्टरनेश्नलको साझेदारी तथा नीकलण्ठ नगरपालिकाको सहकार्यकामा तालिमको आयोजना गरिएको हो । समुदायमा प्राय देखिने गर्भधारण तथा प्रसुती सम्बन्धी अपाङ्गता निम्त्याउन सक्ने विभिन्न अवस्थाहरुको बारेमा स्वास्थ्यकर्मीहरुको शिघ्र पहिचान तथा व्यवस्थापन कसरी गर्ने र यसको समयमै व्यवस्थापन गर्न नसक्दा हुन सक्ने जोखीमहरु तथा रोकथामबारे स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अपाङ्ग कल्याण संघ धादिङका परियोजना अधिकृत प्रविण घिमिरेले बताउनुभयो ।
तालिम अवधीभर गर्भधारण तथा प्रसुती सम्बन्धी अपाङ्गता निम्त्याउन सक्ने विभिन्न अवस्थाहरु, गर्भवती महिलाहरुलाई यस्ता समस्याहरुको बारेमा जानाकारी दिई परिवार तथा समुदायमा समायोजन तथा गुणस्तरिय जिवनयापनका लागि कसरी सहयोग पु¥याउन सकिन्छ लगायतका विषयमा हुने घिमिरेले बताउनुभयो । तामिममा छलफल भएका विषयवस्तुमाथी धादिङ अस्पतालका नर्सिङ अधिकृत मनकुमारी श्रेष्ठ र फिजियोथेरापिष्ट प्रेरणा श्रेष्ठले सहजीकरण गर्नुहुनेछ ।
तालिममा निलकण्ठ नगरपालिका सहित सिद्धलेक ज्वालामुखी, गजुरी र गल्छी गाउँपालिकामा कार्यरत ७० जना स्वाथ्यकर्मीहरुको सहभागीता रहेको छ ।