कोरोना महामारीको दोश्रो लहरले दिनप्रतिदिन भयावह स्थिति सिर्जना गरिरहेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय धादिङले वैशाख २१ गतदेखी ३१ गते सम्म निषेधाज्ञा लागू गरेको छ । तर धादिङमा भने बजार केन्द्रित मात्रै निषेधाज्ञा लागू भएको स्थानिय नागरिकहरुको बुझार्ई छ ।

बजारको चोक चोकमा प्रहरी परिचालन गरेर निषेधाज्ञालाई थप कडाई गरेको भएपनि गाउँमा भने भद्रगोल नै छ । वैशाख १९ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसिले विवाह, पास्नी, मृत्यु संस्कार लगायतमा कम्तिमा १५ जना भन्दा बढि सहभागी हुन नपाईने भनेर निर्णय गरेको भएपनि गाउँघर क्षेत्रमा भने यो निर्णय कार्यन्वयनमा आउन सकेको छैन । निषेधाज्ञा भएपछि मात्रै १० भन्दा बढि ठाउँमा विवाह, पास्नी लगायतका क्रियाकलाप भएका छन् । भने यतिखेर घुमफिरमा निस्कनेको ताँती उस्तै छ ।

गत वर्ष निषेधाज्ञालाई पूर्णारुपमा परिपालना गराउन स्थानिय तहको वडादेखिनै सक्रियरुपमा लागेको भएपनि यो वर्ष त्यस्तो पाईदैन । बरु जनप्रतिनिधिहरु नै डिसिसिएमसीको निर्णयलाई लत्याउँदै यस्ता क्रियाकलापमा सहभागी भएको देख्न पाईन्छ ।

गाउँघरमा नयाँ नयाँ मान्छे आईरहेका छन्, कोही घुम्न भनेर आउँछन् कोही काफल खान भन्दै आउँछन् हामीलाई त यस्पाली बढि जोखीम भयो ज्वालामुखी ७ की कमला ईटनी बताउनुहुन्छ । विहे पनि भएका छन्, भोजभतेर पास्नी सबै भएका छन् के के निषेधाज्ञा के के लकडाउन ? पहिले त गाउँघर तिर पनि प्रहरी परिचालन गरेको देखिन्थ्यो अहिले त्यस्तो छैन ईटनीले बताउनुभयो ।

निषेधाज्ञाले मानिसहरु फुर्सदिला बनेका छन् । फुर्सदमा नयाँ ठाउ घुम्न जानेसँगै बैशाख महिनामा बिहेको लगन परेकोले पनि बिहेभोजमा जानेको लर्को नै देख्ने सकिन्छ । यसले पहिलेको निषेधाज्ञा भन्दा यस्पाला धेरै खुकुलो भएको गुनासोहरु आउन थालेको छ ।

यस्तै सिद्धलेकको गाउँपालिका तिर पनि यस्तै छ । गाउँतिर नयाँ मान्छे आउछन्, नआउनुस् भन्न पनि मिलेन स्थानिय अमर थापा मगरले बताउभयो । पहिलेको निषेधाज्ञा भन्दा यस्पाला धेरै खुकुलो छ ।

निलकण्ठ नगरपालिका ९ मा पनि विहेभोज र घुम्न जानीको लर्काे देख्न सकिन्छ । वडा नम्बर ९ का जनप्रतिनिधिहरु नै विहेको रमझममा व्यस्त हुने गरेका छन् । विहेभोज, भिउटावर घुम्नको लागि भन्दै दिनको ५० भन्दा बढि गाउँघरमा नयाँ मान्छे आउने गरेको त्याहाँका स्थानियले बताएका छन् । प्रशासनले बजार क्षेत्रमा केही कडाई गरेको भएपनि ग्रामिण भेगमा भने निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको पाईदैन । स्थानिय प्रशासनले निषेधाज्ञामा कडाई नगर्दा ग्रामिण भेगमा कोरोनाको जोखीम उच्च रहेको छ ।

अहिले कोरोनाको दोश्रो लहर पहिलेको भन्दा धेरै गुणा शक्तीशाली छ भनेर चिकित्सकहरुले बताउँदै आएका छन् तर नागरिकहरुले यसलाई वेवास्ता गर्दा स्थिति भयावह हुन सक्ने चिकित्सक बताउछन् । यस्तै धादिङवशीं बजारमा लुकीछिपी होलसेल खाध्यान्न ब्यवसायी, हार्डवयर, होटल व्यवसायीहरूले डिसिसिएमसीको निर्णय उलंघन गरेका छन् । डिसिसिएसीले तोकेको समय भन्दा बाहिर रहेर व्यवपार गरिरहेका छन् ।

अत्यावश्किय वाहेकका सामाग्रीहरु विहान ६ बजेदेखी विहान ९ बजेसम्म विक्रि वितरण गर्ने भनेर निर्धारण गरेको भएपनि अन्य समयमा पनि लुकीछिपि विक्री वितरण गरिरहेको पाईएको छ । यस्तै अन्य समयमा भन्दा बढि मुल्यमा ब्यापार गरिरहेको स्थानिय उपभोक्ताहरुको गुनासो छ ।
यता जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल निषेधाज्ञा नागरिककै स्वास्थ्यको लागि भएकाले पूर्ण रुपमा पालना गर्न आह्वान गर्नुहुन्छ । प्रशासनले कडाई गर्नुभन्दा पनि नागरिक आँफै सचेत र संयमित हुने वेला भएकाले विवाह, पास्नी जस्ता क्रियाकलापमा १५ जना भन्दा पनि कम मानिसहरु भेला भई गर्न अनुरोध गर्नुभयो । यदि निषेधाज्ञाको उलंघन गरेको भेटियो भने कानून बमोजीम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सम्पूर्ण नागरिक, सुरक्षा संयन्त्र, राजनितिक दल, संघ संस्था, संञ्चारकर्मी लगायत सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । यस्तो अवस्थामा एक जनाको गल्तीले संयौं जनाको जिवन जोखीममा पर्ने भएकाले सजग र सतर्क रहनुपर्ने विज्ञहरुको सुझाव छ ।

सरकारले केहि गरेन, सरकार महामारीमा पनि मुकदर्शक बन्यो, गैर जिम्मेवार बन्यो भनिरहँदा नागरिकले आफ्नो कर्तव्य पालना नगरेको पाईएको छ । नागरिक आँफै गैरजिम्मेवार बन्ने हो भने कोरोना महामारीले ठुलो दुर्घटना ननिम्त्याउला भन्न सकिन्न ।

Facebook Comments