धादिङका ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमा धुनिबेसी नगरपालिकाका ४८ र ७२ बर्षीय पुरुष र ज्वालामुखी गाउपालिकाका ५५ बर्षीय पुरुष रहेका छन् ।
यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । त्सैगरी विहिबार जिल्लाका १ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा त्रिपुरासुन्दरी गाउपालिकाका ४९ जना, खानियाबास गाउपालिकाका ३२ जना, गल्छी गाउपालिकाका २१ जना, गजुरी गाउपालिकाका ४ जना, रुबिभ्यालि गाउपालिका ३ जना, निलकण्ठ नगरपालिका र गंगाजमुना गाउपालिकाका २/२ जना, बेनिघाट रोराङ गाउपालिका र सिद्धलेक गाउपालिकाका १/१ जना गरी जिल्ला भित्र १ सय १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
विहिबार जिल्ला बाहिर २२ जनामा संक्रमण पुष्टि भएको छ । भने विहिबार डिस्चार्ज हुनेको संख्या ८७ रहेको छ । जिल्ला भित्र ७ सय ८५ जना र जिल्ला बाहिर १ सय ३२ गरी ९ सय १७ जना संक्रिय संक्रमीत रहेका छन् । संक्रमीतमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ९, संस्थागत आइसोलेसनमा २७ र ७ सय ४९ जना होम आइसोलेसनामा रहेका छन् ।
त्यसै गरि जिल्ला बाहिर होम तथा हस्पिटल आइसोलेसनमा १ सय ३२ जना रहेका छन । विहिबार ज्वालामुखी गाउपालिकाका २ सय ४१ जनाको स्वाब संकलन गरीएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।