
धादिङका ८३ जनामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा जिल्ला भित्रको ५९ जना र जिल्ला बाहिरको २४ जना रहेका स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । सोमबार डिस्चार्ज हुनेको संख्या ४१ रहेको छ ।
योसगैँ जिल्ला भित्र ९ सय ७५ र जिल्ला बाहिर १ सय ९१ गरि धादिङ्गको सक्रिय केश १ हजार १ सय २६ पुगेको छ । संक्रमीतमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २८, संस्थागत आइसोलेनमा २६ र होम आइसोलेसनमा ९ सय २१ जना रहेका छन् ।
जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १६ र होम आइसोलेसनमा १ सय ३५ जना रहेका छन् । त्यसै गरि आज २ सय ८ जनाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।