मंसिर १३,दाङ ।
दाङको तुल्सीपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका म्यादी प्रहरीको मृत्यु भएको छ । म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको गयराति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

हिजो दिउँसो भएको बम विस्फोटमा गम्भीर घाइेत भएका अन्य चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर अपरिचित समूहले समूहले बम विस्फोट गराएको थियो । सो क्रम आठजना घाइते भएका थिए ।

Facebook Comments