
धादिङ समाज जापानले धादिङका ६ वटा पालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
धादिङका १३ वटा स्थानिय तहमध्ये पहिलो चरणमा थाक्रे गाउपालिका, गंगाजमुना गाउपालिका, सिद्धलेक गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका, नेत्रावती डबजोङ गाउपालिका र धुनिबेसी नगरपालिकालाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
धादिङ समाज जापानले आज प्रदान गरेको स्वास्थ्य सामाग्रीमा प्रत्येक पालिकालाई अक्सिजन कन्सन्ट्रेटर २ वटा, नेवुलाइजर १० वटा, डिजिटल थर्मोमिटर १० वटा, अक्सिमिटर ५, एन ९५ माक्स १ सय पिस, हृयान्ड ग्लप्स २ सय पिस र थ्रि प्लाई माक्स ४ सय पिस रहेको छ ।
धादिङ घर भई हाल जापानमा विभिन्न पेशा व्यवसाय गर्नेहरुले कोभिड १९ का संक्रमीतहरुको उपचार गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको धादिङ समाज जापानका संस्थापक अध्यक्ष तेज अर्यालले बताउनुभयो ।
अब छिटै बाँकि पालिकामा पनि स्वास्थ्य सामाग्री वितरण गर्ने र संस्थाले गरेको सहयोगलाई सहि तरीकाले सदुपयोग गर्न अध्यक्ष तेज अर्यालले पालिकालाई आग्रह गर्नुभयो ।