
धादिङमा १ सय ३ जनामा आईतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
संक्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउपालिकाका ४५ जना, गंगाजमुना गाउपालिकाका २२ जना, सिद्धलेक गाउपालिकाका १५ जना, बेनिघाट रोराङ गाउपालिकाका २ जना, धुनिबेसि नगरपालिका र गजुरी गाउपालिकाका १/१ जना र धादिङ्ग अस्पतालमा १० गरि जिल्ला भित्र ९६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
आईतबार जिल्ला बाहिर ७ जनामा पोजेटिभ केश देखिएको छ । योसगैँ जिल्ला भित्र १ हजार २ सय ९ र जिल्ला बाहिर १ सय ५२ गरी जिल्लामा १ हजार ३ सय ६१ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ९, संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा १ हजार १ सय ७४ रहेका छन् ।
जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २९ र होम आइसोलेसनमा १ सय २३ रहेका छन् । त्यसैगरी सिद्धलेक गाउपालिकाका ४५ बर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । त्यस्तै आईतबार २ सय १७ जना डिस्चार्ज भएका छन् ।
आईतबार निलकण्ठ नगरपालिकामा ८८ जना र गजुरी गाउपालिकामा ३ जना गरि ९१ जनाको स्वाब संकलन गरीएको छ । आईतबार एन्टीजेन परिक्षण गरीएका २७ जनामध्ये ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।