धादिङका थप ३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुबिभ्यालि गाउपालिकाका ५० बर्षीय पुरुष, गल्छी गाउपालिकाका ७८ बर्षीय पुरुष र धुनिबेसि नगरपालिकाका ७३ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

यो संगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्य हुनेको संख्या ५९ पुगेको छ । त्यसैगरी सोमबार ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ४९ जना, गल्छी गाउपालिकाका ६ जना, धुनिबेसि नगरपालिकाका ३ जना, बेनिघाट रोराङ गाउपालिकाका २ जना, गंगाजमुना गाउपालिकाका २२ जना र सिद्धलेक गाउपालिकाका ७ जना गरि जिल्ला भित्र ८९ जना रहेका छन् भने आज जिल्ला बाहिरको पोजिटिभको संख्या ३ रहेको छ ।

योसगै जिल्ला भित्र १ हजार २ सय ६२ र जिल्ला बाहिर १ सय ५५ गरि जिल्लाको सक्रिय संक्रमितको संख्या १ हजार ४ सय १७ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ८, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा १ हजार २ सय २५ रहेका छन् ।

जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २९ र होम आइसोलेसनमा १ सय २६ रहेका छन् । सोमबार ३३ जना डिस्चार्ज भएका छन् । त्यस्तै सोमबार निलकण्ठ नगरपालिकामा २ सय २१ र धादिङ्ग हस्पिटलमा २ गरि २ सय २३ जनाको स्वाब संकलन गरीएको छ । सोमबार एन्टीजेन परिक्षण गरीएका १ सय ७७ जनामध्ये २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments