
बुढिगण्डकी नदिले बगाउँदा ३ जना युवा बेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी २२ वर्षिय सुवास नेपाली, २१ वर्षिय दिनेश नेपाली र १९ वर्षिय सन्तोष नेपाली रहेका छन् ।
वडा नम्बर २ कै जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका तिनै जना नदिमा नुहाउने क्रममा नदिले बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
मंगलबार दिउँसो सवा ३ बजेतिर बेपत्ता भएका ३ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।