धादिङको सिद्धलेक गाउँपालिकाले प्रत्येक शुक्रबार स्वाव संकलन गर्ने भएको छ ।

कोभिड १९ को लक्षण चिन्ह देखिएकाहरुको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरिने गाउँपालिकाले जनाएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै स्वाव संकलन गरिने बारे जानाकारी गराएको हो ।

यस्तै गाउँपालिकाले नियमित खोप सेवा समेत शुरु गरेकोे छ । सिद्धलेक गाउँपालिकाका सबै खोप केन्द्रबाट नियमित खोप सेवा उपलव्ध भईरहेको स्वास्थ्य शाखाले जनाएको छ । प्रत्येक महिनाको एकपटक गर्भवती तथा बालबालिकालाई लगाइने नियमित खोप कोपभड–१९ नयाँ भेरिन्टको संक्रमण बढेपछि स्थगित भएको थियो ।

Facebook Comments