
धादिङमा १ सय २ जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ३४ जना, गजुरी गाउपालिकाका १ जना, धुनिबेसि नगरपालिकाका ७ जना, बेनिघाट रोराङ गाउपालिकाका ४ जना, गंगाजमुना गाउपालिकाका ९ जना, गल्छी गाउपालिकाका १ जना, त्रिपुरासुन्दरी गाउपालिकाका १ जना, खानियाबास गाउपालिकाका ८ जना र रुबिभ्यालि गाउपालिकाका १८ जना गरि जिल्ला भित्र ८३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
बुधबार जिल्ला बाहिरको पोजिटिभको संख्या १९ रहेको छ । योसगैँ जिल्ला भित्र १ हजार २ सय ६ र जिल्ला बाहिर १ सय ४५ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ५१ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १४, संस्थागत आइसोलेसनमा ३१ र होम आइसोलेसनमा १ हजार १ सय ६१ रहेको छ । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३० र होम आइसोलेसनमा १ सय १५ रहेका छन् ।
त्यसैगरी ज्वालामुखी उपालिकाका ४६ बर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । बुधबार ४० जना डिस्चार्ज भएका छन् । त्यस्तै बुधबार निलकण्ठ नगरपालिकामा १ सय २६ र बेनिघाट रोराङ गाउपालिकामा ७७ गरि २ सय ३ जनाको स्वाब संकलन गरीएको छ ।
बुधबार एन्टीजेन परिक्षण गरीएका १ सय ३३ जनामध्ये ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।