धादिङमा ४६ जनामा विहिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका २७ जना, गल्छी गाउपालिकाका ५ जना, बेनिघाट रोराङ गाउपालिका र रुबिभ्यालि गाउपालिकाका ३/३ जना, गजुरी, गंगाजमुना गाउपालिकाका २/२ जना, धुनिबेसि नगरपालिका, ज्वालामुखी, त्रिपुरासुन्दरी, सिद्धलेक गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसगैँ जिल्ला भित्र ८ सय ३ र जिल्ला बाहिर ८५ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या ८ सय ८८ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १८, संस्थागत आइसोलेसनमा ३२ र होम आइसोलेसनमा ७ सय ५३ रहेका छन् ।

जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २१ र होम आइसोलेसनमा ६४ रहेका छन् । त्यसैगरी विहिबार १ सय २० जना डिस्चार्ज भएका छन् । विहिबार एन्टीजेन परिक्षण गरीएका ४५ जनामध्ये १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Facebook Comments