धादिङका २७ जनामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ५ जना, सिद्धलेक गाउपालिकाका ३ जना, धादिङ्ग हस्पिटलमा ११ जना, गल्छी गाउपालिकाका १ जना र त्रिपुरासुन्दरी गाउपालिकाका ७ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसगैँ जिल्ला भित्र ७ सय ९३ र जिल्ला बाहिर ९२ गरेर जिल्लाको सक्रिय केश ८ सय ८५ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १८, संस्थागत आइसोलेसनमा ३५ र होम आइसोलेसनमा ७ सय ४० रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २३ र होम आइसोलेसनमा ६९ रहेका छन् ।

त्यसैगरी शनिबार ५४ जना डिस्चार्ज भएका छन् । त्यस्तै शनिबार एन्टीेजेन परिक्षण गरीएका ७१ जनामध्ये १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Facebook Comments