
संयुक्त दलित संघर्ष समिति धादिङले बुधबार ज्वालामुखी गाउपालिकामा निशुल्क शिक्षासहित १२ बुदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
दलित अगुवा नेता राम नेपाली, जिल्ला समन्वय समितिका दलित सदस्य सान्नानी परियार, दलित सदस्य सीता नेपाली, बुद्धिमान विक लगायतको सहभागितामा गाउपालिकाका अध्यक्ष विनोद तिमल्सिना र उपाध्यक्ष जानुका सिंखडालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको समितिका सचिवालय सदस्य गणेश बराइलीले जानकारी दिनुभयो ।

ज्ञापत्रपत्रमार्फत दलित अगुवाहरुले गाउपालिकाभित्र दलित विद्यार्थीहरुलाई निशुल्क पढ्न पाउने व्यवस्था गर्न माग गरेका छन् । यस्तै समितिले धादिङका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने तयारी गरेको बराइलीले जानकारी दिनुभयो ।